प्रचण्ड – ओली भेट, गृह मन्त्रालयबारे छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान बालुवाटार पुगे अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

भेटमा राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भागबन्डामा परेको गृह मन्त्रालय आफूहरूलाई दिनुपर्ने अडान लिँदै आइरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेको नागरिकता र पासपोर्टको विवाद नसल्टिएकाले तत्काल गृह मन्त्रालय आफूसँगै राख्दै जवाफ दिँदै आइरहेका छन्।

यता, रास्वपाले भने गृह नपाए सरकार छोड्ने सम्मको चेतावनी दिइरहेको छ। सभापति लामिछानेले मंगलबार साँझ अध्यक्ष ओलीसँग भेट गरेर गृह मन्त्रालय आफूलाई दिनुपर्ने माग गरेका थिए। सोही विषयमा कुराकानी गर्न अध्यक्ष ओली बालुवाटार पुगेको स्रोतले जानकारी दियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*