राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० खारेज गर्नु पर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

बुधबार सिन्धुलीका युवराज पौडेल सफलले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्।

निवेदनमा अवैधानिक नागरिकता पेश गरेर लामिछानेको अध्यक्षतामा आयोगमा दल दर्ता गरेको भन्दै कानुनसम्मत दल अवैधानिक रहेको कारण देखाउँदै दल खारेज गर्न माग गरिएको छ । आयोगमा २०७९ असार १७ गते लामिछानेको अध्यक्षतामा दल दर्ता गरिएको थियो।

साथै, दल दर्ता गर्दा लामिछानेले पेश गरेको नागरिकता कानुनसम्मत नरहेकाले लामिछानेको अध्यक्षतामा बसेर खोलिएको दल, हस्ताक्षर सबै अवैधानिक रहेको पनि उजुरी पत्रमा लेखिएको छ।

दल दर्तापश्चात् निर्वाचनमा भाग लिई रास्वपाले राम्रो सिटसहित राष्ट्रिय दलको पनि मान्यता पायो । लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा सहभागी पनि भए । तर, सर्वोच्च अदालतको इजलासले माघ १३ गते नागरिकता मुद्धा विवादमा लामिछानेलाई दोषी ठहर गरेसँगै पार्टी सभापति, सांसद र मन्त्री पद सबै गुमेको थियो ।

सरकारबाट बाहिरिएको दुई दिनमै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुनः नेपाली नागरिकता लिएका थिए । नागरिकता प्राप्त गरेसँगै लामिछाने पुनः गृह मन्त्रालयमा फर्किने तयारी गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआएसम्म कसैलाई गृहमन्त्री नबनाउने भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*