कांग्रेसद्वारा विपक्षी दलको बैठक‍ आह्वान

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार विपक्षी दलको बैठक बोलाएको छ।

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने कांग्रेस प्रव्रक्ता डा। प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल हुनेछ।

राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदैछ।

यसैगरी, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछ। राष्ट्रियसभाको उपाध्यक्ष पद लामो समयदेखि खाली छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*