प्रतिपक्षी दलको सुविधा कांग्रेसलाई दिने/नदिने मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । नेपाली कांग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन मागगर्दै सर्वोच्च अदातलमा परेको रिटको बुधाबार सुनवाइ ‍हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई संसदमा विश्वासको मत दिएको कांग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनवाइ आज हुने भएको हो।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध दिएको सो रिट निवेदन दर्ता गर्न सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानले आदेश दिएकी हुन्।

उक्त रिटको आज माघ २५ गते पहिलो पेशी तोकिएको हो। यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*