राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सांसदलाई शीतल निवास बोलाइन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई शनिबार दिउँसो शीतल निवासमा बोलाउनुभएको छ ।

उहाँले शनिबार दिउँसो ३ बजेका लागि सांसदलाई शीतल निवासमा बोलाउनुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लिलाकान्त पौडेलले ईमेज खबरलाई जानकारी दिनुभएको हो । राष्ट्रपति भण्डारीले सांसदहरूलाई बधाई तथा शुभकामना दिनका लागि बोलाउनुभएको उहाँले बताउनुभयो ।

सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित भइरहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा उहाँले सांसदहरूलाई शीतल निवासमा बोलाउनुभएको हो । राष्ट्रपति भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिने भएको छ।

नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*