दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गर्न सिफारिस

झापा – नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले केन्द्रीय सदस्य प्रसाईँले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर(६ मा ‘नागरिक बचाउ महाअभियानको उद्घाटन गराएका थिए । कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए। पार्टीलाई कुनै खबर नै नगरी राजावादी तथा हिन्दु अतिवादीहरूसँग मिलेर कार्यक्रम गरेको भन्दै उनको आलोचना हुदैँ आएको थियो ।

दुर्गा प्रसाईँको पछिल्लो समय पार्टीको नीति र सिद्धान्तविपरीत, संविधानविरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाहीसहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको एमाले प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*