आज राष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेसले कांग्रेस नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*