सभामुख घिमिरे बालुवाटार सर्ने

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्नु हुने भएको छ ।

गत माघ ५ गते सभामुख चयन भए पनि बासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आउनुभएको हो । सभामुख घिमिरे मन्त्रिपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने तयारी गर्नुभएको हो ।

गत सोमबारको मन्त्रीपरिषद बैठकले सभामुखको निवास स्थान पुरानै सभामुख निवास तय गरेको छ । आवाश्यक प्रक्रिया पूरा भएपछि र रंगरोगनको काम सकिएपछि छिट्टै नै सभामुख घिमिरे बालुवाटारस्थित सरकार निवासमा सर्नुहुने भएको जनाइएको छ ।

सभामुख घिमिरेको निवासमा हाल राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आउनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*