संविधान अपरिवर्तनीय हुँदैन, फेर्न मिल्छ – लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आठ दलीय गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष लिङ्देनले आठ दलीय गठबन्धनले संविधानको रक्षा नगर्ने भन्दै आक्रोश व्यक्त गरेका हुन्।

दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिएको बताइरहँदा उनले यस्तो आक्रोश व्यक्त गरेका हुन्। अध्यक्ष लिङदेनले संविधान कुनै धर्मशास्त्रजस्तो अपरिवर्तनीय नभएर आवश्यकताअनुसार फेर्न र फ्याँक्नसमेत सकिने बताउँदै दलहरूले उल्टो काम गरिरहेको आरोप लगाए।

‘संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकताअनुसार फेरिन्छ र फ्याँकिन्छ पनि। दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ,’ अध्यक्ष लिङ्देनले भनेका छन्।

संविधान गीता,बाईबल,कुरान जस्तो अपरिवर्तनीय हुंदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्नेहो तर उल्टो भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*