संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै प्रदर्शन

काठमाडौं । काठमाडौंमा संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गरेको छ ।

शनिबार व्यवसायी दुर्गा प्रसाई नेतृत्वको महा अभियानले काठमाडौंको माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*