राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भने – जनताको राष्ट्रपतिको रूपमा काम गर्नेछु

काठमाडौँ । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौति रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

बिहीबार संसद भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

नेम्वाङले भने, ‘राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहित छु। विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ। नयाँ व्यवस्थाअनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ। त्यसैले अब जनताको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ। त्यसैले म सफल रूपमा राष्ट्रपति भएपछि जनताको राष्ट्रपतिको रूपमा काम गर्नेछु। म सबै दल र सारा नेपालीहरूको साझा उम्मेदवार भएर राष्ट्रपतिको उम्मेदवार बनेको छु। यो देशका सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ। अहिले देश र जनताको अघि सारै ठूलो चुनौती रहेको छ। त्यसैले देश, जनता र सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*