भारतमा एकै दिन १ लाख ८४ हजार ३७२ जना कोरोना संक्रमित

हेटौंडा, बैशाख १ – भारतमा पछिल्लो चौबिस घण्टामा अहिलेसम्मकै सर्वाधिक धेरै कोरोना संक्रमित थपिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा १ लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका हुन्।

यो अवधिमा मृत्यु हुनेको संख्या पनि एक हजार नाघेको छ। मन्त्रालयका अनुसार एकैदिन १०२७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।भारतमा अहिलेसम्म १ करोड ३८ लाख ७ हजार भन्दा धेरै संक्रमित भएका छन्।

उनीहरुमध्ये १ लाख २७ हजार भन्दा धेरैको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा अहिलेसम्म ११ करोड ११ लाख भन्दा धेरै मानिसलाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाइसिकएको छ। तर दिनप्रतिदिन कोरोना संक्रमण झनै आक्रामक बनिरहेको छ।

भारतका विभिन्न शहरमा फेरि लकडाउन लागू गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*