रवि र बालेनलाई मोदीले फोन गरेर दिए बधाई
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग फोन वार्ता गरेको जानकारी दिएका छन् ।
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दुवै नेता र रास्वपाको सानदार जित भएकोमा बधाई दिएको उनले सोमबार साँझ सामाजिक सञ्जालहरुमा उल्लेख गरेका छन् । उनले नयाँ सरकार र नेपाल(भारतबीचको परस्पर हित र समृद्धिका लागि सहकार्यका लागि शुभकामना दिएको समेत उल्लेख गरेका छन् ।
उनले लेखेका छन म हाम्रा साझा प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वस्त छु ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ जारी मतगणनामा पनि अत्यधिक मत पाइरहेकाले बहुमतसहितको सरकार बनाउने स्पष्ट भइसकेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको गणना मंगलबारसम्म सकिने जनाएको छ ।























