हेटौंडामा ‘फाउन्डर्स फोरम २०२६’ सम्पन्न
हेटौंडा । हेटौंडामा युवा उद्यमी, विद्यार्थी तथा व्यवसायमा रुचि राख्ने व्यक्तिलाई लक्षित गर्दै ‘फाउन्डर्स फोरम २०२६’ सम्पन्न भएको छ ।
हेटौंडा जेसिजको आयोजनामा हिमालयन दरबारमा भएको कार्यक्रमको सभाध्यक्षता सिनेटर सन्तोष पराजुलीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रमोद सिंह रानाभाट तथा विशेष अतिथि सीए रोशन सापकोटासहित विभिन्न उद्यमी र व्यवसायिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा उद्यमी कोबित सिंह बनियाँ, सन्तोष कँडेल र सुमन पौडेलले आफ्नो उद्यमशील यात्राका अनुभव तथा सफलताका कथा साझा गरेका थिए। सहभागी युवाहरूले व्यवसाय सञ्चालनका व्यावहारिक पक्षबारे अन्तरक्रियात्मक रूपमा जानकारी प्राप्त गरेका थिए ।
जेसिआई हेटौंडाका अध्यक्ष सन्तोष पराजुलीले कार्यक्रमले युवालाई उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासतर्फ प्रेरित गरेको जानकारी दिए ।

























