अस्पतालमा भर्ना नपाएर कोरोना संक्रमितको मृत्यु

बैशाख १, हेटौंडा – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीले यतिबेला भारत महासंकटमा फसेको छ ।

देशका विभिन्न क्षेत्रमा कोरोना महामारीले उग्ररूप लिएका खबर आइरहेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएर बिरामीले अस्पतालमा भर्ना नै नपाउने अवस्था छ ।

झारखण्डको हजारीबागबाट उपचारका लागि राजधानी राँची पुगेका ६० वर्षीय पवन गुप्ताले अस्पतालमा भर्ना नै नपाई प्राण त्यागेका छन् । आफन्तहरूले अस्पतालमा हारगुहार गर्दा समेत भर्ना नपाएपछि गुप्ताको मृत्यु भएको छ ।

गुप्ताको मृत्यु त्यतिबेला भयो, जतिबेला प्रदेशका स्वास्थ्यमन्त्री बन्ना गुप्ता अस्पतालको निरीक्षणका लागि आएका थिए । बिरामीकी छोरीले मन्त्री गुप्तासामु हारगुहार गर्दा समेत उपचार भएन, बरु बिरामीको मृत्यु भयो ।

मन्त्री गुप्ताले पीपीई लगाएर अस्पतालको निरीक्षण गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनापछि मन्त्री गुप्ताले स्वास्थ्य विभागको लापरवाही क्षम्य नहुने जनाएका छन् । ‘गल्ती गर्नेमाथि कारवाही गरिन्छ,’ मन्त्री गुप्ताले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*