परीक्षण गराएकामध्ये वीरगन्जमा आधामा कोरोना पुष्टि

वीरगन्ज,बैशाख ३ – वीरगन्जमा परीक्षण गराएकामध्ये आधा जतिमा कोरोना भाइरस संक्रमण भेटिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार बेलुकी ७८ जनाको परीक्षण गरिएकोमध्ये ३८ जनामा संक्रमण पुष्टि भएको हो।

७५ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३५ जनामा र ३ जनाको एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।संक्रमण पुष्टि भएका ७८ जनामध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ३१ जना छन्। डाक्टर दासका अनुसार, वीरगन्ज महानगरपालिका(४ का १० जना, वडा नम्बर ५ र १० का ३र३ जना, वडा नम्बर ८, १२, १६, २० र २४ का २र२ जना, वडा नम्बर ३, ६, ७, १४ र २७ का १र१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० र २४ तथा कलैया महानगरपालिका वडा नम्बर ४ का १र१ जनामा पनि संक्रमण भेटिएको छ।
रौतहटको गढीमाइ नगरपालिकाको वडा नम्बर ४ र ७ का १र१ जना, मकवानपुरको हेटौडा उपमहानगरपालिका-५ का १ जना र काठमाण्डौको तारकेश्वर नगरपालिका-९ का १ जनामा संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए। बिहीबार थपिएका ३८ जना संक्रमितमध्ये वीरगन्जका १ वर्षीय शिशुदेखि ८७ वर्षीय बृद्धसमेत रहेको उनले बताए।

वीरगन्जमा पछिल्लो एक हप्तामा ९चैत २७ देखि बैशाख २ सम्म० मात्रै १४९ नयाँ संक्रमित थपिएका हुन्। नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि बैशाख २ गतेसम्म ३ सय ४८ जनाको परीक्षण गर्दा १ सय ४९ जनामा संक्रमण भेटिएको हो। गत चैत ३१ गते ७९ जनाको परीक्षण गर्दा २८ जनामा, चैत ३० मा ९५ जनाको परीक्षण गर्दा ४० मा, चैत २९ गते ६० जनाको परीक्षण गर्दा २८ मा र चैत २७ गते बिहीबार ३६ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको थियो। परीक्षण गरिएकामध्ये आधा जतिमा संक्रमण भेटिनुले वीरगन्जमा कोरोना संक्रमणले भयावह रुप लिन थालिसकेको पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए।

पहिलो लहरका बेला अधिकतम २० देखि २२ प्रतिशतमा मात्रै संक्रमण भेटिन्थ्यो, उनले भने,‘तर अहिले केहि दिन यता ५० प्रतिशतको हाराहारीमा संक्रमण भेटिन थालेको छ, यसले यहाको अवस्था डरलाग्दो बन्दै गएको संकेत गर्छ। डाक्टर सिंहका अनुसार, अहिले परीक्षण गराउन आउनेहरु प्राय सबै कडा लक्षण देखा परिसकेकाहरु नै हुन्। सामान्य लक्षण भएकाहरु भने परीक्षण गराउन नआइ गाँउघरमै रहेकाले उनीहरुबाट समुदायमा संक्रमण फैलिरहेको उनले बताए। पर्सामा अहिले वीरगन्जको नारायणी अस्पतालमा मात्रै कोरोनाको परीक्षण भइरहेको छ।१४ स्थानीय तह रहेको पर्सा जिल्लामा वीरगन्ज महानगर बाहेक बाँकी १३ स्थानीय तहले कोरोना महामारीलाइ लक्षित गरी कुनै तयारी वा सावधानी अपनाएका छैनन्।

नारायणी अस्पतालकै डाक्टर निरज सिंहले वीरगन्जमा पछिल्लो एक हप्ताको कोरोना संक्रमण बृद्धिको दर हेर्ने भने समुदायमै संक्रमण फैलिसकेको पुष्टि भएको बताए। यहाँ सबै अस्पताल गम्भीर प्रकृतिको निमोनियाको लक्षण भएका शंकास्पद कोरोनाका बिरामीले भरिन थालिसकेको उनले बताए।
उनले भने,‘यो बैशाख महिनाले गत वर्षको साउन महिनाको याद गराउने प्रबल सम्भावना छ, त्यसैले वीरगन्जवासी आफैँ सचेत बन्न आवश्यक छ।
भारतमा कोरोनाको दोस्रो लहर चलेपछि त्यसको असर नेपालका सिमावर्ती जिल्लाहरुमा पनि देखिएको छ।

लामो समयदेखि न्यून संक्रमित रहेको पर्सा लगायतका सीमावर्ती जिल्लामा पछिल्लो समय एकाएक संक्रमितहरुको संख्या बढ्नुले पनि भारतमा बढ्दो कोरोना कहरले नेपाललाई छोइसकेको पुष्टि गर्छ। कोरोना संक्रमणका कारण पछिल्लो एक हप्तामा पर्सा र बाराका ४ जनाले ज्यान गुमाइसकेका छन्।
स्वास्थ्य मन्त्रालयले पनि बिहीबार मात्रै पर्सा, बारा सहितका १४ जनाला संक्रमणको अति प्रभावित जिल्ला घोषणा गरिसकेको छ। पर्सामा दिनहु संक्रमण दर उच्च गतिमा बढी रहँदा भने यहाँका सरकोकारवाला निकायले संक्रमणलाई लक्षित गरी प्रभावकारी कदम चाल्न सकेका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*