त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोलीसहित राई पक्राउ

पौष २० काठमाडौं । त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् । काठमाडौंबाट झापाको भद्रपुर जाँदै गरेका बद्रीहाङ राईलाई नाइन एमएम पेस्तोलमा लाग्‍ने ५० थान गोलीसहित प्रहरीले नियन्‍त्रणमा लिएको हो ।

पक्राउ परेका राई अवकाश प्राप्त प्रहरीका छोरा हुन् । उनका बुबाले केही दिनअघि मात्र नेपाल प्रहरीबाट अवकाश पाएका हुन् । प्रहरीका अनुसार विमानस्थलमा जाँचका क्रममा राईको ज्याकेटको खल्तीमा ५० राउन्ड गोली फेला परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*