अस्ट्रेलियाले पहिलो पारीमा बनायो ३३८ रन

पुस २४, काठमाण्डौ – भारतसँगको तेस्रो टेस्टको पहिलो पारीमा अस्ट्रेलियाले तीन सय ३८ रन बनाएको छ ।

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सानदार शतकीय पारी खेले । उनले दुई सय २६ बलमा १६ चौकाको मदतमा एक सय ३१ रन बनाए । साथै मार्नस लाबुशेनले ९१ रन र विल पुकोस्कीले ६२ रनको योगदान गरे ।

अस्ट्रेलियालाई तीन सय ३८ रनमा रोक्न स्पिनर रविन्द्र जडेजाले मात्र ६२ रन खर्चिँदै चार विकेट लिए । यस्तै जसप्रित बुमराह–नवदीप सैनीले दुई–दुइ विकेट लिँदा मोहम्मद सिराजले एक विकेट हात पारे ।

पहिलो पारीको ब्याटिङ सुरु गरेको भारतले दोस्रो दिनको खेल सकिँदा दुई विकेटको क्षतिमा ९६ रन बनाएको छ । उसका शुभमन गिल ५० र रोहित शर्मा २६ रनमा आउट भए । अस्ट्रेलियाका लागि जोश हेजलवूड र प्याट कमिन्सले एक–एक विकेट लिएका छन्। यी दुई देशले चार खेलको टेस्ट शृङ्खला खेल्न लागेका हुन् । अहिलेसम्म यी दुईले एक–एकको बराबरी गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*