प्रचण्ड पत्नी सीता मुम्बईमा उपचार गरेर फर्किइन्

माघ २, काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुकी पत्नी सीता दाहाल भारतको मुम्बईमा उपचार गरेर स्वदेश फर्केकी छन्।

दुई छोरीसँग सीता बिहीबार नेपाल फर्केकी हुन्। प्रचण्डसहित उनी गत पुस २० गते मुम्बई गएकी थिइन्। प्रचण्ड स्वदेश फर्केको केही दिनपछि सीता पनि स्वदेश फर्केकी छन्।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट सीता पीडित छिन्। यसअघि उनको स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*