कोरोनाबाट विदेशमा ३१९ जना नेपालीको निधन

माघ ४, काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा एक जना र दक्षिण अफ्रिकामा एक जनाको मृत्यु भएको हो।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको छ। नेपाल बाहेक विश्वका २० देशमा कोरोना संक्रमणबाट नेपालीको मृत्यु भएको छ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ९५ प्रतिशत हो।

स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, दक्षिण अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यस्तै, कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको मृत्यु भइसकेको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ छ। नेपालमा रहेका संक्रमितमध्ये २ लाख ६१ हजार ४४ जना निको भइसकेका छन्। यो भनेको ९७.८ प्रतिशत हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*