नेपालमा ३ जनामा कोरोनाको नयाँ प्रजाति पुष्टी
५ माघ, काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाका ३ जना विरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा बेलायतबाट आएका ३ जनामा कोरोनाको नयाँ प्रजाति फेला परेको जनाएको हो ।
बेलायतबाट आएका ६ जनालाई निगरानीमा राखेर परीक्षण गरिएकोमा ३ जनामा कोरोनाको नयाँ प्रजाति पुष्टी भएको छ । उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पुस २७ गते हङकङस्थित प्रयोगशालामा पठाईएको थियो ।
सोमबार प्राप्त रिपोर्टमा २ पुरुष र एक महिलामा नयाँ प्रजाति पुष्टी भएको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आईसकेको छ भने एकजनाको पोजेटिभ नै छ । विज्ञप्तिमा डा। जागेश्वर गौतमले सावधानी अपनाउन सर्वसधारणलाई आग्रह गरेका छन् ।























