प्रदेश १ बैठक अनिश्चितकालका लागि स्थगित

माघ ७ मोरङ – प्रदेश नम्बर १ को प्रदेश सभा बैठक सुरु हुनासाथ अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाउनुभएको प्रदेशको हिउँदे अधिवेशन सुरु भएको बारे पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

प्रदेश सभा बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक स्थगित गरिएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश १ का नेकपाको ओली समूह र दाहाल–नेपाल समूहले विभिन्न सांसदलाई कारबाही गरेको घोषणा गरेका थिए । कारबाहीमा परेका सांसदहरूलाई बैठकमा जान दिने/नदिने भन्ने विवाद चर्किएर अवस्था जटिल हुने देखिएपछि कार्यव्यवस्था समितिले बैठक सुरु भएको पत्र मात्र सुनाएर स्थगित गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*