संसद विघटनविरुद्धका रिटमा बहस आजबाट पुनः सुरू
माघ २८, काठमाडौँ– सर्वोच्च अदालतमा संसद विघटनविरुद्धका रिटहरुमा आजबाट पुनः बहस सुरू हुँदैछ ।
न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरू हुन लागेको हो । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ।
अहिले प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् । यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।


























