नेपाल फाइनान्सको शेयरमूल्यमा उच्च वृद्धि

फागुन ११, काठमाडौं । सोमवारदेखि ओरालो लागेको बजार मंगलवार पनि सोही यात्रामा रहेको छ । यो दिन एक घण्टाको कारोबार अवधिसम्म नेप्से परिसूचक ५० अंकले घटेको छ ।
यो दिन नेपाल फाइनान्सको शेयरमूल्यमा भने उच्च वृद्धि देखिएको छ । यस अवधिसम्म नेपाल फाइनान्सको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. २९ ले बढेर नेपाल फाइनान्सको शेयरमूल्य रू. ३२१ पुगेको हो ।
यो दिन कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ । एक घण्टाको कारोबार अवधिसम्म १२ हजार ८७७ कित्ता शेयर खरीद माग रहेपनि विक्रीकर्ता शून्य रहेका छन् ।