मकवानपुर गढीमा नेता बानियाँद्वारा एम्बुलेन्स हस्तान्तरण
मकवानपुर, ९ चैत – मकवानपुर गढी गाउँपालिका ७ स्थित सुकौरा स्वास्थ्यचौकीलाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
मकवानपुर गढी गाउँपालिका ७ का वडा अध्यक्ष एवं स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर रुम्बाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
नेता बानियाँको विशेष पहलसहित आर्थिक सहयोग तथा शिवम् सिमेण्ट, बानियाँ निर्माण सेवा, ऊँ साई कन्ट्रक्सन, मोतीदान कन्ट्रक्सन र मोर्डन ईन्फ्राइस्टक्चरको आर्थिक सहयोगमा एम्बेलुन्स खरिद गरिएको हो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा गढी ८ का वडाअध्यक्ष कुमार सिं घिसिङ, शिवम सिमेण्टका प्रमूख कार्यकारी देवेन्द्र सिंहा, स्वास्थ्यचौकीका उपाध्यक्ष प्रतिमान रुम्बा, सुकौरा टोल विकासका अध्यक्ष मुकुन्दप्रसाद न्यौपाने, जनता माविका प्रधानाध्यापक होमबहादुर नेपालीलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा २ कका संघिय सभापति यतिराज सापकोटा, कांग्रेस हेटौंडा उपमहानगरसभापति आनन्दराम पराजुली, आकाश गोलेलगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
एम्बुलेन्स संचालनपछि मकवानपुरको विकट पूर्वी क्षेत्र सुकौरा, बुढिचौर, ठिंगनलगायतका क्षेत्रका बासिन्दालाई सहज हुने बताईएको छ ।


























