मकवानपुरमा ५० जना स्वास्थ्यकर्मी नेकपा एमालेमा प्रवेश
चैत १०, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरमा ५० जना स्वास्थ्यकर्मी आबद्ध भएका छन् ।
आज हेटौँडामा भएको कार्यक्रमबिच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ति स्वास्थ्य कर्मीलाई एमालेमा स्वागत गरेका हुन् ।स्वास्थ्यकर्मीलाई स्वागत गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रलाई निकै प्राथमिकता दिएको बताए।
नेपालको सबै स्थानीय तहमा अस्पताल बनाउनेदेखि स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन गरेको भन्दै उनले अब मकवानपुरको स्वास्थ्यकर्मीहरु पनि नेकपा एमालेको आस्थासँग जोडिएको भन्दै एमालेनै देशको विकासमा अग्रणी भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा मेडिकल ल्याब एसोशियसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष उत्सव चौँलागाईको नेतृत्वमा ५० जना प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका जिल्ला सहसंयोजक हिरा लामा सहित उक्त संगठनका अधिकांश प्रतिनिधि,विभिन्न स्वतन्त्र स्वास्थ्यकर्मी, डाक्टरहरु आजको कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा मधु अर्याल,मिथलेश ठाकुर, पुष्पा रिजाल, नितुकुमारी बल, श्रीसा ढकाल,विमला ढुंगना, युनिश पन्त, प्रशान्त झा लगाएत नेकपा एमाले प्रवेश गरेका छन् ।


























