हेटौंडा सहित आसपासको क्षेत्रहरुमा डढेलो

चैत ११,हेटौंडा। हाल मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित आसपासको क्षेत्रहरुमा लागेको आगलागी (डढेलो) ले बजार धुवाँ ले रुमालिएको छ ।

पछिल्लो एक हप्ता यता मकवानपुरको हेटौंडा सहित विभिन्न स्थानीय तहहरुमा निरन्तर वनजंगल आगलागी भईरहेको छ । अहिले पनि वनजंगलमा आगलागी भईरहेको छ ।

हाल हेटौंडाको भैरवडाँडा तथा हेटौंडा नजिक मकवानपुरगढीको विभिन्न स्थानहरु,बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालय हेटौंडाको कार्यालय नजिक रहेको वनजंगल आगलागि हुँदा सम्बन्धीत निकायहरु मौन रहेका छन् ।

वनजंगल आगलागी भईराख्दा हेटौंडा भैरवडाँडाका स्थानीय दुईदिनदेखि डडेलो घरसम्म आईपुग्ने त्रासले सुतेका छैनन् । बजार नजिककै वनजंगल आगलागि हुँदा बजार क्षेत्र धुँवाले रुमालिएको र बजार क्षेत्रका सर्वसाधरणको आँखा पोल्ने,सास फेर्न समस्या देखिएको हेटौंडा-४ पारिजातपथ बस्ने रमेश राईले बताए ।

दुईदिनदेखि रातको समयमा घरको छतबाट हेटौंडा आसपास दाँयाबायाँ हेर्दा वनजंगल मात्र आगलागी भईरहेको देखिएको बताए । उनले भने,’दिनमा धुँवाले आँखा पिरो भएको महशुस हुन्छ,रातमा आगाको झिल्काहरु प्रष्ट देखिन्छन् । समयमै नियन्त्रणमा नलिन हो भने यस्ले वनजंगल नजिक रहेको वस्तिहरु सिध्याउँछ ।’

उनले समयमै डढेलोलाई नियन्त्रणमा लिनुपर्ने बताए ।जंगलमा आगलागी हुँदा बोटबिरुवा नष्ट हुनेसंगै जंगली जनावर, चराचुरुङ्गी समेत नष्ट भईरहेको छ । घना जंगल आगलागीले उराठ लाग्दो देखिएको छन् । हेटौंडा स्थित आफ्नै वन कार्यलय नजिक वनजंगलमा आगलागी हुँदा समेत डिभिजन वन कार्यालय मकवानपुरले आगलागी नियन्त्रण गर्न कुनै चाँसो नदिएको स्थानीयहरुको गुनासो छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*