कोरोनाविरुद्धको खोप निर्यातमा भारतले रोक लगायो 

१२ चैत, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९|) विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ।

पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो । बीबीसीका अनुसार अक्सफोर्ड-एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान छ । र, यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्छ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड-एस्ट्राजेनेकाकै खोप परेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*