प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना

बैशाख ७, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति हस्तान्तरण गर्नुभएको छ ।

राम–सीताका मूर्ति हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले मूर्तिहरु स्वस्तीवाचनसहित हस्तान्तरण गर्नुभएको हो ।

राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गर्ने तयारी भएको छ । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा भोलि अनावरण गर्न लागिएको हो ।

‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको धार्मिक र्यालीसहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ ।

रथमा मूर्ति राखेर ५ सयभन्दा धेरै गाडीसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुग्नेछ । प्रधानमन्त्री ओलीले गएको वर्ष त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

त्यसलगत्तै उहाँले माडीका पालिकाका जनप्रतिनिधिहरुलाई काठमाण्डौ बोलाएर अयोध्यापुरीमा राममन्दिर बनाउन निर्देशन दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*