प्रशासनको निर्देशन अटेर गर्दै हेटौँडाका ट्युसन सेन्टर

मकवानपुर, ८ बैशाख । कोरोना भाईरसको संक्रमण पुन बढे सँगै अतिप्रभावित जिल्लामा बैशाख मसान्तसम्म भर्चुअल कक्षा संचालन गर्न नेपाल सरकारले सिफारिस गरेको छ ।

मकवानपुर जिल्लाको मुख्य बजार हेटौँडामा पनि पछिल्लो समय कोरोना भाइरस बढ्दै गएका कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा रहेका सबै शैक्षिक संस्था बैशाख महिना सम्म बन्द गर्न निर्देशन दिएको थियो । तर हेटौँडाका अधिकांश ट्युसन सेन्टरले प्रशासनको यो निर्णयलाई बेवास्ता गर्दै बुधबार ट्युसन सेन्टर पूर्ववत् रुपमा संचालन गरेको पाईएको छ । नेपाल सरकार र जिल्ला प्रशासनको लिखित सूचना सार्वजनिक भएता पनि हेटौँडाका एजुकेशन कन्सल्टेन्सी तथा ट्युसन सेन्टरहरु निर्वाध रुपमा संचालनमा रहेको पाइएको हो ।

कोरोना भाइरस बढेसँगै हेटौँडाको प्रायः शैक्षिक सँस्थाहरु बन्द भैसकेको छ भने परिक्षा संचालन भइरहेका केही विद्यालय भने खुल्लै रहेको छ । आज हेटौंडामा रहेका सबै ट्युसन सेन्टर कन्सल्टेन्सीले विद्यार्थीलाई भने ट्युसन सेन्टरमा नै अध्यापन गराइएको पाइएको छ । केही ट्युसन सेन्टर भने अझै पनि सरकार र प्रशासनको निर्णयको बेवास्ता गरी गोप्य रुपमै विद्यार्थीहरुको उपस्थितिमै कक्षा सञ्चालन गर्ने मनशायमा देखिएका छन् । सरकारले भर्चुअल कक्षा संचालन गर्ने स्पष्ट निर्देशन दिएको भएता पनि हेटौँडाको अजरमर रोडमा रहेको थर्ड आइ एजुकेसनले भौतिक रुपमा नै कक्षा संचालन गरिरहेको छ । उनीहरुले केही दिन सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा नै कक्षा संचालन गर्ने मनशाय समेत व्यक्त गरेका छन् ।

त्यस्तै हेटौँडा ४ स्थित पेन्टागन एकेडेमीमा पनि आज भौतिक रुपमा नै कक्षा संचालन भइरहेको पाईएको छ । तर बिहीबारबाट भर्चुअल कक्षा संचालन गर्ने पेन्टागन एकेडेमीका संचालक गोबिन्द चौलागाईंले बताए । हेटौँडामा नै रहेको सेन्ट्रम एकेडेमी,राईटपाथ र  प्रायः सबै शैक्षिक संस्थाहरुले प्रशासनको आदेश अटेर गरि भौतिक रुपमा निर्वाद कक्षा संचालन गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*