प्रधानमन्त्री ओलीलाई गाली गरेका आरोपमा एक जना पक्राउ

बैशाख ९, काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मुख छाडेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी)  रमेश बस्नेतले बताए । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*