सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

बैशाख ९, काठमाडौं । भक्तपुरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा कैलालीको चटकपुर घर भएका ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको हो ।

मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित सडकमा रा२प ४४३७ नम्बरको मोटरसाइकल र बा३ख ४४६५ नम्बरको टिपर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दाङको लालमठिया बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*