चितवनमा कोरोनाको कारण ३९ वर्षीया महिलाको मृत्यु

चितवन, बैशाख १०– चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मृत्यु भएको छ।

बुधबार ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी रत्ननगर– २ की ३९ वर्षीया महिलामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहँदा शुक्रबार बिहान उनको मृत्यु भएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिए।

ती महिलामा मधुमेह र थाइराइडको समस्या रहेको अस्पतालले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*