निषेधाज्ञा लगाउने बारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा
बैशाख १३, काठमाडौँ – कोरोना भाइरसको महामारी तीव्र गतिमा बढ्दै गएपछि सावधानीका उपायहरु तथा सम्भावित प्रतिबन्धात्मक नियमबारे छलफल गर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् ।
कोरोना भाइरसको बढ्दो संक्रमण तथा नियन्त्रणका लागि अपनाउन सकिने उपायबारे आफूहरु छलफलमा रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त छलफल भइरहेको छ । संक्रमण नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुबारे परामर्शमा छौँ ।’
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबिचको छलफलको मुख्य विषय संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाउने विकल्पमा केन्द्रित रहेको बताइन्छ ।
बैठकले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने तथा निषेधाज्ञाको निर्णय लिन सक्नेछ ।























