बालिका करणी गरेको अभियोगमा थापा पक्राउ

हेटौंडा, बैशाख १४ – ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१४, नैकाप बस्ने ६३ वर्षीय कमल थापा पक्राउ परेका छन् ।

तनहुँको दमौली नगरपालिका–१४ भई नैकाप बस्दै आएका थापालाई करणीको आरोपमा प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*