प्रचण्डको श्रीमती सीता अस्पताल भर्ना

बैशाख १५, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

शरीरमा सोडियमको मात्रामा कमी र पिसाबमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको उनकी छोरी गंगा दाहालले जानकारी दिइन् । उनलाई ललितपुरस्थित मेडिसिटीमा भर्ना गरिएको बताइएको छ ।

“आमालाई दुई दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसाबमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ । अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ । चासो व्यक्त गरी स्वास्थ्यलाभ र शुभेच्छा प्रदान गर्नुहुने सबैमा आभार तथा धन्यवाद,” गंगाले फेसबुकमा लेखेकी छन् ।

उनको गएको पुसमा भारतको नयाँदिल्लीमा उपचार गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*