कोरोना संक्रमणको कारण पूर्वरानी कोमल इसियूमा भर्ना
काठमाडौं, वैशाख १६ : कोरोना संक्रमण भएर नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहलाई श्वासप्रश्वासमा समस्या देखिएपछि इसियूमा भर्ना गरिएको छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई धेरै नै अक्सिजन दिनु परेको अस्पतालले जनाएको छ । अहिले उनलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको बताइएको छ ।
कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको छ । शाह दम्पतीमा वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसअघि उनीहरू भारतको हरिद्वार भ्रमण गएका थिए।


























