काठमाडौंमा आजदेखि निषेधाज्ञा लागु
बैशाख १६, काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ ।
१५ दिनसम्मका लागि निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान देखिएको छ ।प्रहरीले निषेधाज्ञा लागू भएसँगै चेकिङमा समेत कडाई गरेको छ । जथाभावी अटेरी गदै हिड्ने पैदल यात्रु तथा सवारी साधनलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा पैदल यात्रु तथा गाडीहरु कम देखिएको पाइन्छ । निषेधाज्ञाको समयमा खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द छन् ।
सरकारले काठमाडौं, भत्तपुर र ललितपुरमा १५ दिनका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेसँगै उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू भएको छ ।


























