भेरी अस्पतालमा फेरि दुई संक्रमितको मृत्यु

बैशाख १६, नेपालगञ्ज – बाँकेको भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकलमा थप एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरी अस्पतालमा कैलाली टीकापुरका ५१ वर्षीया महिला र कोहलपुर मेडिकल कलेजमा नेपालगञ्जका ३३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कैलालीमै वैशाख १४ गते पीसीआर जाँच गरेका महिलालाई उपचारका लागि बिहीबार भेरीमा ल्याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै उनको बिहान १० बजे मृत्यु भयो । वैशाख १३ गते पीसीआर जाँच गरेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का ३३ वर्षीय पुरुषलाई १५ गते भर्ना गरिएको थियो ।

उनको बिहान १०ः३० बजे मृत्यु भएको छ । बाँकेमा कोरोनाबाट मृत्यु हुने एक सय ८ र बाहिरी जिल्लाका उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या एक सय ११ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*