पूर्वप्रधानमन्त्री भट्टराईकोको ट्युमर निकालियो

काठमाडौं, बैशाख १७–पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको छ ।

काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो । भट्टराई पत्नी हिसिला यमीले ट्विट गर्दै भट्टराइको शल्यक्रिया सफल भएको जानकारी दिएकी हुन् ।

भट्टराईलाइ अपरेशनका लागि बिहान ९ बजे अपरेशन थेटर लगिएको थियो । अपरेशन सफल भएपछि यमीले तस्विर सार्वजनिक गर्दै शल्यक्रिया सम्पन्न भएको उल्लेख गरेकी हुन् शल्यक्रियाका लागि भट्टराई हिजै अस्पताल भर्ना भएका थिए ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । वायोप्सी, डिओटिए परीक्षण, एनओसी परीक्षण तथा पेट सिटिस्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए ।

शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*