सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं, वैशाख १७- सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म बाटो तयार भएको छ ।

दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति र त्यसभन्दा माथि आरोही आफैँले बाटो तयार पारेका हुन् । अहिले आरोहीहरु चौथो शिविरसम्म पुग्न थालेका सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।

चौथो शिविरबाट मौसम अनुकूल बनाएर बाटो बनाउँदै शिखरसम्मको बाटो बनाइन्छ । बाटो बनाउनका लागि भर्‍याङ, डोरीलगायतका सामग्री प्रयोग गरिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*