सबै जिल्लामा एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

बैशाख १७, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई शुक्रबार पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका हुन्।

“कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्‍याउन समस्या भइरहेको अवस्था छ, पत्रमा भनिएको छ, त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नम्बर वा प्रादेशिक स्वास्थ्य आपतलकालिन कार्यसंचालन केन्द्रमार्फत सेवा प्रदान गर्ने व्यवस्था गरिदिनुहुन अनुरोध छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*