एमालेको स्थायी कमिटीको बैठक सकियो
काठमाण्डौं, बैशाख १९- नेकपा एमालेको आकस्मिक रूपमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ।
बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। कोभिड उपचारका लागि आवश्यक शैय्याहरू, अक्सिजन, खोप उपकरणलगायतका तत्काल प्रवन्ध गर्न र अन्य तयारीको लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताए ।
उनले भने, ‘आजको बैठकमा मुख्य विषय, कोरोनाको बारेमा थियो, कोरोना महामारीले डरलाग्दो रुप लिएको छ। अन्तर्राष्ट्रिय जगतसँग खोप र अक्सिजनको लागि अनुरोध गर्ने र नेपालमा ७५३ वटै सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि आफ्नो ध्यान केन्द्रित गरेर आवश्यक कदम चाल्न निर्देशन दिनेबारे छलफल भएको छ।’


























