चट्याङबाट मकवानपुरगढी डुम्रेकुनामा वाईवाको मृत्यु, २ जना घाईते

बैशाख १९, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनामा आइतबार चट्याङ पर्दा एक जनाको मृत्यु भएक छ भने २ जना घाईते भएका छन् । विहानैबाट परिरहेको पानिमा गढी ५ का बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई विहानको १० बजे चट्याङ लागेको थियो ।

चट्याङ लागेर मकवानपुरगढी २ माथिल्लो छाप बस्ने अन्दाजी २५ वर्षिय विराज वाईवाको मृत्यु भएको छ । चट्याङ लागेसंगै बेहोस भएका वाईवालाई डुम्रेकुनाको सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा अस्पतालमा ल्याईएको थियो । हेटौंडा अस्पतालमा उनको २ ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।

भट्याङबाट सोही स्थान बस्ने ४६ वर्षिय बिर बहादुर वाईवा र ५६ बर्षीय बिरवल वाईवा घाईते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

वाइवाको शव हेटौंडा अस्पतालमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*