कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु

बैशाख १९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो । उनका अनुसार २४ घण्टाभित्र ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*