कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण
बैशाख २०,काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । आइतबार उनले स्टार अस्पतालमा स्वाब परीक्षण गराएका थिए । सामाजिक सञ्जालमा उनले दिएको जानकारीअनुसार सोमबार बिहान आएको रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोलाको निर्देशनअनुरुप औषधि लिइरहेको र होम आइसोलेसनमा बसेको पनि उनले बताएका छन् । उनले सबैलाई सजग हुन आग्रह गर्दै लेखेका छन्, ुलक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।ु


























