आजको मौसम : चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना
बैशाख २१, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
महाशाखाका अनुसार देशको प्रदेश २ र प्रदेश १ मा सामान्य देखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ र प्रदेश १ का केहि भू-भागहरूमा मेघगर्जनरचट्याङ्ग सहित वर्षा भएको छ।
यस्तो छ आजको मौसम :
दिउँसोस् देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र प्रदेश २, लुम्विनी, र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
रातीस् देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।


























