बागमती प्रदेशसभा सांसद चौलागाईंलाई कोरोना संक्रमण

बैशाख २२, काठमाडौं – कोरोना संक्रमित बागमती प्रदेश सभा सांसद् पशुपति चौलागाईं अस्पताल भर्ना भएका छन्।

कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका एमाले नेता तथा प्रदेश सभा सांसद चौलागाईंलाई मनमोहन अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाको छ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार पीसिआर टेस्ट गरेका सांसद चौलागाईंलाई मंगलबार कोरोना पुष्टि भएको थियो। अहिले उनको अवस्था सामान्य रहेको छ। नेता चौलागाईं दोलखा ख बाट प्रदेशसभा सांसद बनेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*