चार विमानस्थलबाट आकस्मिक उडानको अनुमति

२२ वैशाख, काठमाडौं । वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थलबाहेक मोफसलका चार वटा विमानस्थलबाट समेत आकस्मिक उडानको अनुमति दिने निर्णय गरेको हो ।

प्राधिकरण स्रोतका अनुसार त्रिभुवन विमानस्थल कार्यालय, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, सुर्खेत नागरिक उड्डयन कार्यालय र लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको छ ।

यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*