चितवनमा एक कोरोना संक्रमित गरे आत्महत्या

बैशाख २३,चितवन । चितवनको माडीमा कोरोना संक्रमित एक युवकले गएराती झुण्डिएर आत्महत्या गरेका छन् ।

माडी-३, इनारबरुवा का ३२ वर्षीय संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका हुन् । एक साताअघि भारत बिहारमा सम्पन्न विवाह कार्यक्रममा सहभागी भई घर फर्किएका उनलाई परिवार र छिमेकीहरुले घरसंगैको गोठको राखेका थिए ।

लगातार झाडापखाला र स्वास्थ्यमा समस्या भएपछि उनको स्वाब परीक्षण गरिएको थियो र रिपोर्ट पोजेटिभ आएको थियो । गएराति संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

पीपीई र अन्य सुरक्षाको उपाय सहित घटनाको अनुसन्धान र शव व्यवस्थापन गर्न लागिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*